एमालेको खनाल-नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेला सुरु

चैत्र २२,२०७७

-आस्था न्यूज

चैत २२, २०७७ काठमाडौं ।
 
नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ  । काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई झलनाथ खनाल, माधव नेपाल,अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गर्दैछन् ।
 
शनिबार सम्पन्न स्थायी कमिटी बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउने, पार्टी मातहतका कमिटीहरूको बिस्तार र पुनर्गठन गर्ने निर्णय गरेको थियो ।