फिडर र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न लेखाको निर्देशन

चैत्र २२,२०७७

-आस्था न्यूज

चैत २२, २०७७ काठमाडौं ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले डेडिकेटेड फिडर र ट्रंक लाइनको १० अर्ब १४ करोड ८ लाख ३० हजार बक्यौता एक महिनाभित्र असुल गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
 
आइतबार बसेको बैठकले डेडिकेटेड ट्रंकलाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन बुझ्दै समितिले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएर महसुल नतिर्नेबाट एक महिनाभित्र रकम असुल गर्न निर्देशन दिएको हो।