वसन्त मानन्धरको नेतृत्वमा खनाल-नेपाल समूहको काठमाडौं जिल्ला कमिटी घोषणा

चैत्र २२,२०७७

-आस्था न्यूज

चैत २२, २०७७ काठमाडौं ।
नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । खनाल-नेपाल समूहले आइतबार वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो । 
 
काठमाडौंमा आयोजित जिल्ला कमिटी घोषणा कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरिएको हो ।
 
यो समूहको काठमाडौं जिल्ला उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।
 
यो समूहले जिल्ला कमिटीमा रहने सदस्यहरू पनि घोषणा गरेको छ ।
 
एमालेको काठमाडौं जिल्ला अध्यक्ष भने प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णबहादुर राई हुन् । उनी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेका छन् ।
 
खनाल(नेपाल समूहको शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर एमालेको समानान्तर कमिटी घोषणा गर्ने र विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।