आमालाई हेरचाह नगरेको भन्दै राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल पक्राउ

चैत्र २३,२०७७

-आस्था न्यूज

चैत्र २३, २०७७ काठमाडौं ।
आमाको हेरचाह नगरेको उजुरीका आधारमा राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
 
आफ्नी आमालाई हेरचाह नगरेको उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले निर्देशक रेग्मीलाई पक्राउ गरको हो ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले हेरचाह नगरी हेला गरेको भन्दै उनै आमाले उजुरी दिएपछि ज्येष्ठ नागरिक ऐनअन्तर्गत राष्ट्र बैंककी कर्मचारी  रेग्मीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
 
प्रहरीका अनुसार अहिले अदालतबाट अनुमति लिएर उनलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।