कोरोना संक्रमणबाट विश्वभर २९ लाखभन्दा बढिको मृत्यु

चैत्र २८,२०७७

-

चैत २८,२०७७ काठमाडौं ।
विश्वभर १० करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
 
पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १० करोड ८८ लाख ४५ हजार ४३१ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८०.४६ प्रतिशत हो ।
 
यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २९ लाख २७ हजार ४४० पुगेको छ  । पछिल्लो २४ घण्टामा १३ हजार २४ जनाको मृत्यु भएको छ ।
 
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ७४ हजार ८०७ जनाको मृत्यु भएको छ ।
 
यसैगरी ब्राजिलमा ३ लाख ४८ हजार ९३४ जना, भारतमा १ लाख ६८ हजार ४६७ जना, रूसमा १ लाख २ हजार २४७ जना, बेलायतमा १ लाख २७ हजार ४० जना, फ्रान्समा ९८ हजार ३९५ जना, इटालीमा १लाख १३ हजार ५७९ जनाको मृत्यु भएको छ ।
 
यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ६९ हजार ८९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १३ करोड ५२ लाख ७३ हजार ८६३ पुगेको छ ।
 
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ३५ लाख ९९२ छ । यसमध्ये १ लाख १ हजार ८९४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।