प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक

चैत्र २९,२०७७

-आस्था न्यूज

चैत २९,२०७७ काठमाडौं ।
प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ । प्राञ्जल र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
 
भिडियोमा भीम विसिको शब्द, सागर अधिकारी ‘शरद’को सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ रहेको छ।
 
गीतको भिडियोमा गायकद्वय प्रञ्जल र एलिनासँगै दमोन क्षेत्री, उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । सुरेन्द्र वसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायाँकन रहेको छ भने नवीन निरौलाको सम्पादन रहेको छ । गीतको भिडियो मायालु इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ ।