पुलिसलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

चैत्र ३१,२०७७

-आस्था न्यूज

चैत ३१,२०७७ काठमाडौं ।
विराट गोल्डकपमा नेपाल पुलिसलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
विराटनगर सहिद रङ्गशालामा राति भएको तेस्रो क्वार्टरफाइनल खेलमा एपीएफले पुलिसलाई २-० गोलले हराएको हो।
 
एपीएफका मणि लामाले खेलको ४६ औं र आशिष लामाले ९० औं मिनेटमा गोल गरे । एपीएफले पहिलो सेमिफाइनल खेल घरेलु टिम विराटनगर-११ सँग खेल्नेछ । विराटनगर भारतको सिक्किम युनाइटेड र वेस्ट बङ्गालको टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
 
पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो । आज सङ्कटा र अफ्रिकन रुट्स खेल्दैछन् ।