कुशल र बिमा सारुको स्वरमा नयाँ गीत “बन्धन” सार्वजनिक

बैशाख ०४,२०७८

-आस्था न्यूज

वैशाख ४,२०७७ काठमाडौं ।
पछिल्लो समयका चर्चित गायक कुशल बेलबासे र बिमा सारु मगरको स्वरमा नयाँ गीत “बन्धन” सार्वजनिक भएको छ । गीतमा प्रयास कुँबर मगरको शब्द, संगीत रहेको छ ।
 
राज कुमार मगरको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा जुना गुरुङ, प्रयास कुँबर मगर, निर आले, हेमा मगर, राजेश बिसी, किरण मगर, बिनिता पुन, कञ्चन मगर लगाएतको अभिनय रहेको छ ।
 
गीतलाई डोलराज बारघरे मगरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 
 
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस-
https://youtu.be/jT4nLxYIdnw