साताको पहिलो दिन शेयर बजार ओरालोतर्फ

बैशाख ०५,२०७८

-आस्था न्यूज

वैशाख ५,२०७८ काठमाडौं ।
साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा झरेको छ ।
 
आइतबार बैंकिङ समूहको शेयर ३३ अंकले, विकास बैंक समूहको ४८ अंकले, व्यापारको १२५, होटल तथा पर्यटन समूहको झण्डै ९३ अंकले, जलविद्युतको ३२, फाइनान्सको १६, माइक्रोफाइनान्सको ५०, जीवन बीमाको १११, निर्जीवन बीमाको १८३, उत्पादनको ६७ र अन्य समूहको शेयर २१ अंकले घटेको छ ।
 
आइतबार २०७ कम्पनीका एक करोड ९५ लाख कित्ता शेयर ८ अर्ब ८० करोड रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै एभरेस्ट बैंकको ८७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 
आइतवार गुडविल फाइनान्सको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।