मङ्गल ग्रहमा नासाले हेलिकप्टर उडाउन सफल

बैशाख ०७,२०७८

-आस्था न्यूज

बैशाख ७,२०७८ काठमाडौं ।
अमेरिकी अन्तरिक्ष संस्था नासा मङ्गल ग्रहमा एक सानो हेलिकप्टर उडाउन सफल भएको छ ।   
 
इन्ज्युनिटी नामको यो ड्रोन हावामा एक मिनेटभन्दा कम समयका लागि रहेको थियो तर नासाले यसलाई निकै ठूलो उपलब्धि मानेको छ । पृथ्वीबाट सञ्चालित र नियन्त्रित गरेर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो पटक भएकाले नासाले यसलाई ठूलो उपलब्धि मानेको हो । 
 
मङ्गल ग्रहको एक उपग्रहको माध्यमबाट हेलिकप्टरको डाटा पृथ्वीमा पठाएपछि यसको पुष्टि भएको हो । 
 
नासाले आउँदा दिनमा अरू साहसी उडान देख्न मिल्ने विश्वास व्यक्त गरेको छ । नासाका अनुसार प्रविधिको सीमा र इन्जिनियरहरूद्वारा जाँच गरिएपछि इन्ज्युनिटीलाई अझ माथि र लामो उडान भर्न निर्देशन दिइनेछ ।