अन्तराष्ट्रिय प्रसङ्ग
भाद्र ०५,२०७४
-एजेन्सी
५ भाद्र-
मिसाइल विनाशक हतियार बोकेको अमेरिकी नौसेनाको युद्धक जहाज सोमबार बिहानै एक व्यापारिक जहाजसँग ठक्कर खाई दुर्घटना भएको छ ।
अमेरिकी नौसेनालाई उद्धृत गर्दै सिह्न्वाले दिएको खबर अुनसार ‘यूएसएस जोन एस म्याकेन’ नामको अमेरिकी नौसेनाको जहाज एक तेल वाहक जहाजसँग ठक्कर खाइ दुर्घटना हुँदा १० अमेरिकी नौसैनिक वेपत्ता भएको र पाँच जना घाइते भएका छन्।
मलेसिया नजिकै रहेको मलक्का जलाशयतर्फ जाँदै गर्दा जहाज दुर्घटना भएको बताइएको छ । जानकारी अनुसार लाइबेरियाको झण्डावाल जहाजसँग उक्त युद्धक जहाज ठक्कर खाएको हो । दुर्घटनामा परी जहाज क्षतिग्रस्त भएको र वेपत्ताहरुको खोजी कार्य जारी रहेको अमेरिकी नौसेनालाई जनाउँदै सिन्ह्वाले खबर दिएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार