इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा

बैशाख ०८,२०७८

-

वैशाख ८, २०७८ काठमाडौं ।
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौथो स्थानमा पुग्न सफल भएको छ ।
 
गएराति भएको खेलमा ब्राइटनसँग गोलरहित बराबरी खेलेसँगै ड्रमार्फत चेल्सी शीर्ष ४ मा पर्न सफल भएको हो । खेलको अतिरित्त समयमा पनि दुवै समूहबाट गोल हुन नसकेपछि ड्रमार्फत खेलको छिनोफानो गरिएको हो । 
 
लिगमा म्यानचेस्टर सिटी ७४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै म्यानचेस्टर युनाइटेड ६६ अंकसहित दोस्रो स्थानमा र लिचेस्टर सिटी ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा पुगेको चेल्सीको ५५ अंक रहेको छ ।
 
यस्तै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र ब्राइटन खेल्दैछन् । खेल राति पौने एक बजे सुरु हुनेछ । ब्राइटनसँग विजयी भएमा पाँचौ स्थानमा रहेको चेल्सी तेस्रो स्थानमा पुग्नेछ । ब्राइटन विजयी भए १६ औँ स्थानबाट सुधार गर्दै १५ औ स्थानमा पुग्नेछ ।