कोरोना भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने

बैशाख १३,२०७८

-

वैशाख १३, २०७८ काठमाडौं ।
कोरोना विरुद्धको कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने भएको छ ।
 
अमेरिकाका राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै महामारीको सुरुमा भारतले अमेरिकालाई आवश्यक सहयोग गरेकाले अहिले आफूहरुले सहयोग गर्न चाहेको र भ्याक्सिन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने जानकारी दिनुभयो ।
 
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भारतमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेकाबारे फोनमा कुराकानी भएलगत्तै राष्ट्रपति बाइडेनले कच्चा पदार्थ उपलब्ध गराउने बताउनुभएको हो ।