कोरोनाका कारण जनगणना कार्यक्रम पनि स्थगित

बैशाख २०,२०७८

-आस्था न्यूज

वैशाख २०,२०७८ काठमाडौं ।
कोभिड-१९ का कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका निम्ति स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । 
 
योजना आयोग सचिवालयअन्तर्गत केन्द्रीय तथ्यांक विभागले हरेक दस वर्षमा जगणना गर्दै आएको छ । विभागको निर्धारित तालिकाअनुसार गत चैतमा ८ हजार सुपरिवेक्षक छनोट गरी देशव्यापी तालिम दिएको छ ।
 
ती सुपरिवेक्षक तथा कर्मचारीले वैशाख १६ गतेबाट घरपरिवार लगत लिने कार्य थाल्ने पूर्वनिर्धारित कार्यक्रम थियो । सोही दिनबाट आंशिक लकडाउन भएपछि योजना आयोगले स्थगित गर्नका निम्ति मन्त्रिपरिषदमा सिफारिस गरेको आयोगले जनाएको छ ।