सञ्चारकर्मी ईश्वरी बरालको स्वरमा रहेको गित ‘खानदानी छोरी’ (भिडियो सहित)

बैशाख २०,२०७८

-आस्था न्यूज

वैशाख २०,२०७८ काठमाडौं ।
सञ्चारकर्मी ईश्वरी बरालको स्वरमा रहेको गित ‘खानदानी छोरी’ सार्वजनिक भएको छ । गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ । 
 
गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् । प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन् । भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन् ।
 
गीतको  भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको फिचर्ड छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।
 
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला:-
https://youtu.be/qdPho5MjKIM