ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौलालाई कोरोना पुष्टि

बैशाख २१,२०७८

-आस्था न्यूज

वैशाख २१, २०७८ काठमाडौं ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी अहिले आइसोलेशनमा रहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले आजको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने निरौलाले जानकारी दिए। प्रविधिको प्रयोगमार्फत बैठकमा उपस्थिति हुने उनले बताए ।