चिनियाँ कम्पनीको कोरोना खोपलाई मान्यता

बैशाख २५,२०७८

-आस्था न्यूज

वैशाख २५,२०७८ काठमाडौं ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको कोरोना खोपको आपतकालीन प्रयोगलाई अनुमति दिएको छ ।
 
यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो । डब्ल्यूएचओबाट अनुमति पाउनु अघि नै अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका केही देशले चिनियाँ कम्पनीले उत्पादन गरेको खोप प्रयोगमा ल्याइसकेका छन् ।
 
चिनियाँ कम्पनीको यो खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई बढी प्रभावकारी हुने देखिएको पनि डब्ल्यूएचओले जनाएको छ । विश्वमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै खोपको माग बढ्दो छ । तर, त्यही अनुसार उत्पादन नहुँदा खोपको अभाव छ ।