Trending :
 

काठमाडौं जेसिजको १५ औं संस्करण "ईन्चाईन्टर मिस टिन नेपाल" को दोस्रो अडीसन सप्पन्न

भाद्र १०,२०७४

-


काठमाडौँ भाद्र १०,२०७४। काठमाडौँ जेसिसले २०१७ का लागि काठमाडौं जेसिजको १५ औं संस्करण "ईन्चाईन्टर मिस टिन नेपाल" को  दोश्रो अडीसन सम्पन्न गरेको छ । प्रतियोगिताको पहिलो अडीसन भने यस अघि भदौ ०४ गते सप्पन्न गरेको हो ।

भदौ ०४ गते शनिबार लिईएको पहिलो अडीसन प्रक्रियामा ७३ जना युवतीहरुको सहभागिता रहेको थियो भने दोश्रो अडीसनमा ४५ जना युवतीहरुको  सहभगिता रहेको थियो ।

काठमाडौँ जेसिसले प्रत्येक बर्ष आयोजना गर्ने मिस टिन नेपाल (A Culture Talent Show) अन्तर्गत २०१७ का लागि छनौट परिक्षाको आयोजना गरेको हो । १६ देखी १९ बर्ष भित्र लुकेर रहेको टीन हरुको प्रतिभा प्रस्फुटन गराई  महिला सशक्तिकरणका लागि आयोजना गरिदै आएको यस सुन्दरी प्रतियोगितामा सहभागी हुन पहिलो अडीसनमा  ७३ जना र दोस्रो अडीसनमा ४५ जना १६ बर्ष देखि १९ वर्ष सम्मको युवतीहरुले आबेदन दिएका थिए ।
पहिलो अडीसनमा काठमाडौं जेसिसका बर्ष २०१७  का अध्यक्ष सेनेटर दिपक भण्डारी , कार्यकारी उपाध्यक्ष सेनेटर ईनु थापा, पुर्व अध्यक्षहरु सेनेटर ईन्द्र रत्न बज्राचार्य , सेनेटर रत्न काजी श्रेष्ठ , सेनेटर मनोज कुमार श्रेष्ठ , मिस टिन नेपाल २०१६ कि बिजेता जस्मिन खड्का , २०१५ कि उपविजेता  राष्ट्रिय तेक्वान्डो खेलाडी तथा प्रशिक्षक रोजी गिरी , नृत्य संयोजक जे.सी. स्वजन रघुबंशी , कलाकार मन्चिन शाक्यको जुरी  प्यानलले सहभागी युवतीहरुको  अडीसन लिएका थिए ।

भदौ १० गते सम्पन्न भएको  दोस्रोपटकको अडीसनमा काठमाडौं जेसिजका पुर्ब अध्यक्ष सेनेटर  शुशिल कुमार श्रेष्ठ, सेनेटर गणेश पौडेल, तालिम निर्देशक सेनेटर सुरेन्द्र शाही ठकुरी, निबर्तमान अध्यक्ष सेनेटर सुमन महर्जन, कन्सर्न कार्यकारी उपाध्यक्ष सेनेटर ईनु थापा,मिस टीन नेपाल २०१५ का बिजेता धृती के.सी. , २०१५ कि उपविजेता  राष्ट्रिय तेक्वान्डो खेलाडी तथा प्रशिक्षक रोजी गिरी ,मिस टीन नेपाल २०१६ कि उप बिजेता उर्जा नेवाको जुरी प्यानलले सहभागी युवतीहरुको अडीसन लिएका थिए ।

सम्पुर्ण  सहभागीहरु मध्येबाट ३० जना उत्कृष्ट प्रतियोगीहरु लाई  छनौट गरी तालिममा सहभागी गराईने काठमाडौं जेसिज मिस टीन नेपालकी कन्सर्न कार्यकारी उपाध्यक्ष सेनेटर ईनु थापाले जानकारी गराउनु भएको छ।

१९९४ मा काठमाडौं जेसिजले मिस नेपाल सफलता पुर्बक सम्पन्न गरे पछि मिस नेपाल पछिको दोस्रो ठुलो  सुन्दरी प्रतियोगिताको रूपमा रहेको मिस टिन नेपालमा उमेर भित्र रहेको  मिस धरान ,मिस हेटौंडा ,मिस पोखरा ,मिस पुर्बान्चलले सोझै सहभागी हुन पाउने जानकारी अध्यक्ष सेनेटर दीपक भण्डारीले गराउनु भएको छ ।

यस बर्षको "ईन्चाईन्टर मिस टिन नेपाल-२०१७" लाई फ्रान्सबाट उत्पादीत ख्याती प्राप्त ब्युटी प्रोडक्ट ईन्चाईन्टर ले प्रायोजन गरेको  छ भने सह प्रायोजकको रुपमा रिलायन्स पेन्ट रहेको जानकारी  कन्सर्न उपाध्यक्ष जे.सी. बिवश कर्मचार्यले गराउनु भएको छ ।
अफिसीअल मिडिया रिपब्लिका माई सिटी,अफिसीअल फोटोग्राफर क्रियटीभ डी फोटो स्टुडीओ (राज भाई सुवाल) रहेको र यसको ग्रान्ड फिनाली २२ सेप्टेम्बर (असोज ०६ गते) हुने जानकारी कार्यक्रम संयोजक जे.सी. नारायण आचर्यले गराउनु भएको छ ।