इटालियन सिरी ‘ए मा एसी मिलानसँग युभेन्टसको लज्जास्पद हार

बैशाख २७,२०७८

-आस्था न्यूज

वैशाख २७,२०७८ काठमाडौं ।
इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानसँग युभेन्टसले लज्जास्पद हार बेहोरेको छ ।
 
आइतबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई ३-० गोलले पराजित गरेको हो ।
 
युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक एक गोल गरे ।
 
जितसँगै मिलान लिगको तेस्रो स्थानमा उक्लिएको छ । मिलानले ३५ खेलमा ७२ अंक जोडेको छ । ६९ अंक जोडेको युभेन्ट्स लिगको पाँचौं स्थानमा छ ।