शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ले कोरोनाको पीसीआर परीक्षण स्थगित गर्यो

बैशाख २८,२०७८

-आस्था न्यूज

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको सूचना प्रकाशित गरेको छ ।सुचनामा विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको भनिएको छ ।

 

 

अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ , ‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ ।