पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित

काठमाडौँ उपत्‍यकाका मात्र ३ हजार ९ सय२४ जना

बैशाख २९,२०७८

-आस्था न्यूज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ । काठमाडौँ उपत्‍यकाका मात्र ३ हजार ९ सय२४ जना रहेको  मन्त्रालयले जनाएको छ। सोही अवधिमा ४ हजार ४सय४४ जना संक्रमणमुक्त भएका छन्।

 

छ। कोरोना संक्रमणबारे मन्त्रालयले तथ्यांक अद्यावधिक गर्दै काठमाडौं उपत्यकामा थपिएकामध्ये काठमाडौंका ३ हजार २ सय ५०, भक्तपुरका २ सय २६ र ललितपुरका ४ सय ४८ रहेको जनाएको छ।

 

मन्त्रालयले पछिल्लो २४ घन्टामा १ सय ६८ जना कोरोना संक्रमितको  मृत्‍यु भएको पनि जनाएको छ l