अक्सिजन सिलिन्डर लिन निगमको जहाज ओमान उड्यो

जेठ ०१,२०७८

-आस्था न्यूज

जेठ १, २०७८ काठमाडौं ।
अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज ओमान गएको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज बिहान साढे सात बजे ओमानको मस्कटको लागि उडेको हो ।
 
जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।
 
निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको महाप्रबन्ध डिमप्रकास पौडेलले जानकारी दिनुभयो ।