विश्वभर कोरोना निको हुनेको दर बढ्दै

जेठ ०१,२०७८

-आस्था न्यूज

जेठ १, २०७८ काठमाडौं ।
विश्वभर १४ करोड १४ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
 
पछिल्लो २४ घण्टामा ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो ।
 
पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७।०३५ प्रतिशत हो ।
 
यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९० हजार ६६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड २५ लाख २० हजार ६४९ पुगेको छ ।
 
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ । यसमध्ये १ लाख ३ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
 
यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार ७५४ पुगेको छ  । पछिल्लो २४ घण्टामा १२ हजार ५०३ जनाको मृत्यु भएको छ ।
 
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार २९९ जनाको मृत्यु भएको छ ।
 
यसैगरी ब्राजिलमा ४ लाख ३२ हजार ७८५ जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा २ लाख ६६ हजार २२९ जनाको मृत्यु भएको छ ।
 
यस्तै  रूसमा १ लाख १५ हजार ‍११६ जना, बेलायतमा १ लाख २७ हजार ६६८ जना, फ्रान्समा १ लाख ७ हजार ४२३ जना, इटालीमा १ लाख २३ हजार ९२७ जनाको मृत्यु भएको छ ।