कोरोनाका बिरामीले प्रयोग गर्ने औषधीको अभाव छैन्ः उत्पादक संघ

जेठ ०७,२०७८

-आस्था न्यूज

जेठ ७, २०७८ काठमाडौं ।
 
नेपाल औषधी उत्पादक संघले कोभिड १९-का बिरामीले प्रयोग गर्ने औषधीको अभाव नभएको जनाएको छ ।
 
कोभिड बिरामीका लागि अत्यधिक रुपमा प्रयोग गरिने औषधी १३ थरी औषधी मौज्दात रहेको प्रेस विज्ञप्तिमार्फत् संघले जानकारी दिएको हो ।
 
शुक्रबार अर्थात् आज औषधीहरुको विवरण सार्वजनिक गर्दै अभाव नरहेको संघले प्रष्ट पारेको हो ।
 
कोभिड-१९ को उपचारमा प्रयोग हुने आन्तरिक ढुवानी र कुरियरमा अवरोध हुँदा औषधी सम्बन्धित स्थानमा पुग्न ढिलाई भएको संघको भनाइ छ ।
 
कोभिड-१९ को उपचारमा प्रयोग गरिने औषधीको माग बजारमा धेरै छ ।
 
यस महामारीको समयमा  स्वदेशमा बन्ने औषधीको अभाव हुन नदिने संघले जनाएको छ ।
 
नेपाल औषधी उत्पादक संघद्वारा अनावश्यक रुपमा औषधीको सञ्चित नगर्नसमेत अनुरोध गरिएको छ ।