Trending :
 

स्पेनिस ला–लिगा फुटबल प्रतियोगिताको उपाधि एथलेटिको म्याड्रिडले जित्यो

जेठ ०९,२०७८

-

जेठ ९,२०७८ काठमाडौं ।
स्पेनिस ला–लिगा फुटबल प्रतियोगिताको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । निर्णायक मानिएको यस सिजनको अन्तिम खेलमा एथलेटिकोले रियल भाल्लाडोलिडलाई २–१ ले हरायो । यही समय अर्को खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २–१ ले हराएपनि एथलेटिकोलाई च्याम्पियन बन्नबाट रोक्न सकेन । 
 
एथलेटिकोले ३८ खेलबाट ८६ अंक बटुल्यो भने दोस्रो स्थानको रियल म्याड्रिडले ८४ अंक बटुल्यो । एथलेटिकोले समग्रमा ला–लिगा उपाधि जितेको यो एघारौं पटक हो । डिएगो सिमोनीको प्रशिक्षणमा यो एथलेटिकोको दोस्रो ला–लिगा उपाधि हो, पछिल्लोपटक २०१४ मा पनि एथलेटिको स्पेनको च्याम्पियन बनेको थियो । 
 
लिगमा तेस्रो स्थानको बार्सिलोनाको ३८ खेलबाट ७९ अंक जोड्यो । शनिबारै भएको अन्तिम खेलमा उसले इबरलाई १–० ले हरायो ।