प्रजातन्त्रवादी नेतृ सुकीलाई छिट्टै अदालतमा पेश गरिने

जेठ ०९,२०७८

-आस्था न्यूज

जेठ ९,२०७८ काठमाडौं ।
म्यानमारका सैन्य प्रमुख मिन आङ ह्याल्इनले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई छिट्टै अदालतमा पेश गर्ने बताउनु भएको छ ।
 
उहाँले सुकीको अवस्था ठिकठाक रहेको भन्दै छिट्टै अदालतमा पेश गर्ने बताउन भएको हो । हङकङमा रहेको चिनियाँ भाषाको एक टेलिभिजनमा अन्तरवार्ता दिँदै उहाँले सुकी स्वस्थ रहेको र उहाँ  आफ्नै घरमा रहेको बताएका बीबीसीले जनाएको छ । 
 
म्यामारमा सैन्य कू भएपछि सेनाका प्रमुखले अन्तरवार्ता दिएको यो पहिलो पटक हो । गएको नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेको सेनाले असन्तुष्टि जनाउँदै आएको थियो ।
 
धाँधली भए नभएको बारे छानबिन लगभग सकिएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यस्तै, त्यहाँको निर्वाचन आयोगले सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी० लाई खारेज गर्ने तयारी गरेको छ । गएको बर्ष भएको चुनावमा जालसाझी गरेको आरोप लगाउँदै यो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ ।
 
सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरुले विचार गरिरहेको जानकारी दिनुभएको हो । गएको वर्षको नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ सिट जितेको थियो ।
 
यसलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो । सेनाले गएको फेब्रअरी १ मा नेत्रृ सुकीसहितका नेतालाई हिरासतमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको छ । यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।