गीत ‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’

जेठ १०,२०७८

-आस्था न्यूज

जेठ १०, २०७८ काठमाडौं ।
‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ । मेलिना राई, एलिना चौहान, अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
 
अजय कार्कीकै शब्द, सङ्गीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’को ¥याप छ गीतमा । किशोर थापाको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन छ । मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि छ ।
 
भिडियोमा पल शाह, उशा उप्रेति, सुप्रिया खनाल र रञ्जित सिंजाली मगरको नृत्य तथा अभिनय रहेको छ । रामकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।
 
गीतकार दर्पण राईको टेक्निकल सल्लाह रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।
 
अजय र रञ्जितले निर्माण गरेको गीतको भिडियो उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीत र भिडियो स्रोता÷दर्शकमाझ प्रस्तुत गरेका छौ, सबैको साथ सहयोग र माया पाउनेमा आशावादी छौं’, अजय र रञ्जिले भने ।