Trending :
 

जेष्ठ नागरिकको भत्ता बढेर ४ हजार पुग्यो

जेठ १५,२०७८

-आस्था न्यूज

जेठ १५, २०७८ काठमाडौं ।
सरकारले जेष्ठ  नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर  मासिक ४ हजार पुर्याइएको हो।  
 
आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु खतिवडाले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । 
 
यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ । 
 
सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ ।