Trending :
 

तरकारी र दूग्धजन्य ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

जेठ १५,२०७८

-आस्था न्यूज

जेठ १५, २०७८ काठमाडौं ।
सरकारले तरकारी, दूध र माछा-मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
 
‘फलफूल, दूध र तरकारी, माछा-मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिनेछ,’ अर्थमन्त्री पौडेलले भने ।
 
यस्तै साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।