Trending :
 

महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा वृद्धि

जेठ १५,२०७८

-आस्था न्यूज

जेठ १५, २०७८ काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताएका छन् ।
 
शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उनले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्‍याएको उनले बताए । 
 
यस्तै, काठमाडौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।