Trending :
 

एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित

जेठ १५,२०७८

-आस्था न्यूज

जेठ १५,२०७८ काठमाडौं ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विनियोजन भएको जनाकारी दिए । 
 
उनले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने । विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने बताए । २ वर्षभित्र सबै विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याइने पौडेलको भनाइ छ ।
 
उनले १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने पनि बताए ।
 
यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको पौडेलले बताए ।