पत्रकार प्रकाश बराईलीको शब्दमा रहेको गित “शोकले मरिन्छ कि भोक ले” सार्वजनिक

जेठ २०,२०७८

-आस्था न्यूज

जेठ २०,२०७८ काठमाडौं ।
पछिल्लो समय दोस्रो भेरियन्टका कारण बिश्व आक्रान्त भईरहेको अवस्था छ । कोरोना कै कारण धेरै नेपालीहरुको ज्यान गएको छ । कतिपय नेपालीहरु कोरोना सँग लडिरहेका छन् । संक्रमितले अस्पतालमा बेड नपाएको समाचार दिनानुदिन सुन्न र हेर्नु परिरहेको छ।
 
नेपालमा लकडाउनको बेला अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन नेपाल सरकारले अनुरोध गरेको छ ।
 
कतिपय बिरामीहरुले अक्सिजनको अभावमा अकाल्मै ज्यान गुमाउनु परेको अवस्था छ । सोही कुरालाई मध्यनजर गर्दै गायक सुजन बराईलीको कोरोना बिशेष गीत “शोकले मरिन्छ की भोकले” भिडियो सहित सार्वजनिक भएको छ । 
 
यस गीतमा सुजन बराईलीको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली अभिब्यक्तिको शब्द, चर्चित गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत रहेको छ ।
 
यस गीतलाई पछिल्लो समयका चर्चित एरेञ्जर रमेश सेञ्चुरीले एरेञ्ज र मिक्सिङ गरेका हुन् । पत्रकार एवं गीतकार प्रकाश बराईली अभिब्यक्तिको निर्देशन तथा छायांकन रहेको गीतको भिडियोलाई बिरेन्द्र भाट बिपिनले सम्पादन गरेका हुन् ।
 
उक्त गीतको भिडियोमा लोकप्रिय मोडल शिवन पोखरेल र नारायण सारुको अभिनय रहेको छ । सो गीतलाई मल्लाजी म्युजिक प्रा.लि. ले बजार ब्यवस्थापन गरेको छ भने म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरले दृश्य निर्माण गरेको हो ।
 
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला-
 
https://youtu.be/kheI5fMPexA