अन्तराष्ट्रिय प्रसङ्ग
भाद्र १२,२०७४
-एजेन्सी
१२ भाद्र /सिलिगुरी –
भारतको पश्चिम बंगालको उत्तरी इलाका जलपाइगुडी जिल्लामा गाई चोरीको आरोपमा दुई जनाको हत्या गरिएको छ । मारिनेमध्ये एक जना आसामका र एक जना पश्चिम बंगालकै कोचबिहार जिल्लाका रहेको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना रातको समयमा पिकअप भ्यानमा गाउँबाट जाँदै गरेका थिए । उनीहरू सवार रहेको भ्यानमा ७ वटा गाईसमेत रहेको र उनीहरू बाटो भुलेर सो स्थानमा पुग्दा गाउँले निद्राबाट ब्युँझिएका थिए । सो समयमा उनीहरूलाई गाउँलेले समात्न खोज्दा भागेपछि आक्रमण गरेका थिए ।
बाटोमा समेत अवरोध गरेर भ्यान रोके पनि त्यसका चालक फरार रहेको र बाँकी दुई जनालाई समातेर पिटेर हत्या गरिएको जनाइएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते भएका उनीहरूलाई तत्कालै प्रहरीले अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए । मारिनेमा आसाम धुबडीका १९ वर्षीय हफिजुल सेख र कोचबिहारका १९ वर्षीय अनवर हुसेन रहेको पुष्टि भएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार