Trending :
 

क्रिकेट

नेपाललाई २१५ रनको लक्ष्य

एसीसी इमर्जिङ कप

चैत्र १७,२०७३

-

चैत्र १७, २०७३

बंगलादेशमा भइरहेको एसीसी इमर्जिङ कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा हङकङले नेपाल सामु २ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय १४ रन बनाएको छ। 

९५ रनमा पहिलो विकेट गुमाएको हङकङले त्यसपछि गतिलो साझेदारी गर्न नसके पनि मध्यम योगफल निकालेको छ ।

हङकङका लागि कप्तान अंशुमान राथले सर्वाधिक ५१ रन बनाए।

यस्तै क्यामरन म्याकअलसनले ४३, वाकस खानले ३०, साहिद वासिफले २२, इशान खानले १८ तथा वजिद शाहले १६ रन बनाए।

बलिङतर्फ नेपालका अभिनास कर्णले सर्वाधिक ३ विकेट लिए।

समुह ‘बी’ मा रहेका दुवै टोली अंक विहिन हुदै तालिकाको पुछारमा छन् ।

नेपाल र हङकङ दुवै देशका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।