कोरोना महामारीमा पनि सरकारको लक्ष्य अनुसार राजस्व संकलन

जेठ ३१,२०७८

-आस्था न्यूज

जेठ ३१,२०७८ काठमाडौं ।
कोभिड-१९ महामारीकै बीच सरकार राजस्व लक्ष्यको करिब-करिब नजिक पुगेको छ । महालेखा नियन्त्रकको कार्यालय अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकार अधिकतम ८ खर्ब ९४ करोड माथिको राजस्व उठाउन सफल भएको छ । 
 
यो चालु आर्थिक वर्षका लागि सरकारले राखेको कुल १० खर्ब ११ अर्ब ७५ करोड राजस्व लक्ष्यको ८०.०१ प्रतिशत हो । 
 
यस्तो राजस्व कर तर्फ ७ खर्ब ५६ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८२.८६ प्रतिशत र गैर-कर तर्फ ५२ अर्ब ९४ करोड अर्थात् लक्ष्यको ५३.५९ प्रतिशत उठाउन सफल भएको महालेखाको तथ्याङ्कले देखाएको छ । यस्तो लक्ष्य सरकारले गैर–कर तर्फ कुल ९८ अर्ब ८० राखेको थियो ।
 
यता, अनुदान तर्फ भने कुल ६० अर्ब ५२ करोड उठाउने लक्ष्य राखेको सरकारले ११ महिनामा लक्ष्यको १६.६५ प्रतिशत अर्थात् १० अर्ब ७५ करोड मात्र उठाउन सकेको महालेखाले जनाएको छ ।