सोमबार नेप्सेले ३ हजार विन्दु नाघ्यो

जेठ ३१,२०७८

-आस्था न्यूज

जेठ ३१,२०७८ काठमाडौं ।
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
 
कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । १ घण्टाको व्यापारमा ५४.९९ अंकले बढ्दै ३०३८.१० अंकमा कारोबार भइरहेको छ । अहिलेसम्मको ४ अर्ब ४८ करोड रूपैयाँको कारोबार भइसकेको छ ।
 
पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
 
यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।