आजबाट निषेधाज्ञा थप खुकुलो, उपत्यकामा चहलपहल बढ्यो

आषाढ ०८,२०७८

-आस्था न्यूज

असार ८, २०७८ काठमाडौं ।
 
कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा खुकुलो बनाइएको छ ।
 
आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् । यस्तै ट्याक्सी सेवा पनि सुरु भएको छ ।
 
यसअघि उपत्यकामा पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले व्यवसायिक क्षेत्र चलायन हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको थियो । यो पछिल्लो आदेश मंगलबार बिहान १ बजेदेखि असार १४ गते राति १२ बजेसम्मलाई हो ।
 
आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् । जोर नम्बरका सवारी साधन जोर गते र बिजोर नम्बरका साधन बिजोर गतेको दिन चलाउनुपर्ने छ । उपत्यकामा ट्याक्सी सेवा पनि सुरु भएको छ ।
 
निषेधाज्ञा खुकुलो भएपछि काठमाडौं उपत्यकामा बिहानैदेखि कार, भ्यान, मोटरसाइकल, स्कुटर लगायतका निजी सवारी साधन बाक्लै चलेको देखिएको छ ।
 
यसैगरी डिपार्टमेन्ट स्टोर्स ९ग्रोसरी बाहेक० सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
 
सुन पसल, भाँडा पसल, विद्युतीय सामग्री, घरायसी सामग्री, अटोमोबाइल, शोरुम, अटोमोवाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स पसल आइतबार, मंगलबार र बिहीबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।
 
खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीमात्र०, स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
 
निर्माणजन्य सामग्रीका पसल ९हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट० दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ ।