विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड ३ लाख

आषाढ १०,२०७८

-आस्था न्यूज

असार १०,२०७८ काठमाडौं ।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।
 
विराटनगर महानगरपालिकाको आठौं नगरसभामा बिहीबार उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । महानगरले अघिल्लो वर्षकै हाराहारीको बजेट ल्याएको छ ।
 
आगामी वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५,पुँजीगत तर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरले अनुमान गरेको छ । कार्यालय सञ्चालन तर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ ।
 
महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख,प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार,राजश्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार,आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार,अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००,संघसंस्थाबाट १ करोड ४४ लाख,जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ ।
 
प्रस्तुत बजेटमा पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार,आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख,सामाजिक विकास क्षेत्रमा १ अरब २६ करोड ६९ लाख,सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।
 
महानगरले वडास्तरीय आयोजनाहरुमा २६ करोड ७८ लाख,नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख,वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख,ल्याण्डफिल्ड साइड,अन्तराष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ ।
 
यस्तै विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड,सन्ध्याकाल आरतीका लागि २ करोड,हिमालय रोड निर्माण गर्न ३ करोड,महानगर आवास योजनाका लागि ९० लाख,फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड,फ्लाई ओभरका निर्माणका लागि २ करोड ४५ लाख,प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।
 
महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख,शिक्षातर्फ ५५ करोड ७७ लाख,युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख,स्वास्थ्य तर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापन तर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।