स्विडेनलाई हराउदै युक्रेन युरो २०२० को क्वाटरफाइनलमा

आषाढ १६,२०७८

-आस्था न्यूज

असार १६, २०७८ काठमाडौं ।
 
स्विडेनविरुद्ध सनसनीपूर्ण जित निकाल्दै युक्रेनले युरो २०२० को क्वाटरफाइनल यात्रा तय गरेको छ । १० खेलाडीमा सिमित स्विडेनविरुद्ध अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभयकले निर्णायक गोल गरे । 
 
अतिरिक्त समयको दोस्रो हाफअन्तर्गत ईन्जु्री समय अर्थात् खेलको १ सय २१ औं मिनेटमा उनले अलेक्सयान्द्रर जिन्चेन्कोको क्रसमा हेडरमार्फत निर्णायक गोल गरेका हुन् ।  
 
त्यसअघि खेलको २७ औं मिनेटमा जिन्चेन्कोकै गोलमा युक्रेनले अग्रता लिएको थियो । गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । तर, ४३ मिनेटमा अलेस्यान्द्रर इसाकले स्विडेनबाट बराबरी गोल फर्काए । 
 
दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको पहिलो हाफमा मार्कस् डेनिल्सन रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सिमित स्विडेन केह दबाबमा प¥यो । 
 
दोस्रो हाफमा पनि कुनै टोलीले अग्रता लिन नसक्दा खेल पेनाल्टीतर्फ धकेलिएको संभावना बढेको थियो । तर, अन्त्यमा वैकल्पिक खेलाडी डोभयकले निर्णायक गोल गरे । 
 
युक्रेनले प्रतियोगिताको क्वाटरफाइनलमा अब इङल्यान्डको सामना गर्नेछ । जर्मनीलाई २–० ले हराउँदै इङल्यान्डले प्रतियोगिताको क्वाटरफाइनल यात्रा तय गरिसकेको छ ।