Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

अमेरिकामा बस र ट्रक आपसमा ठोक्किँदा १२ जनाको मृत्यु

'टेक्सासका गभर्नर ग्रेग अब्बोटीद्वारा मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तप्रति सहानुभूति प्रकट'

चैत्र १७,२०७३

-

१७,२०७३चैत्र,होस्टन-

अमेरिकामा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार मध्यरातको १२ बजे टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । 

सरकारी अधिकारीहरुका अनुसार मध्यरातको १२:२० बजेतिर टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि १२० किलोमिटर पश्चिम तर्फ सोही दुघटना भएको हो ।

न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टीस्ट चर्चबाट १४ जना यात्रु सवार रहेको बस पिकअप ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले  जानकारी दिएका छन् ।

टेक्सासका गभर्नर ग्रेग अब्बोटीले मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।