Trending :
 

आर्थिक गतिविधि

मुलाखेती तर्फ किसानहरुको आकर्षकता बढ्दै

'आठ महिनामै १० करोड आम्दानी'

चैत्र १७,२०७३

-

 १७,२०७३ चैत्र,नुवाकोट-

यतिबेला नुवाकोटका किसानहरु मुला खेती गर्नतर्फ आकर्षित भएका छन् ।

थोरै लगानीमा नै मनग्य आम्दानी गर्न सक्ने भएपछि यहाँका बासिन्दाहरु मुलाखेतीतर्फ आकर्षित बन्दै गएका हुन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. कमलराज गैरेका अनुसार ‘चालु आर्थिक वर्षको आठ महिनामानै जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको छ । सोही परिणामको मुला बिक्रीबाट नौ करोड ९८ लाख भित्रिएको छ ।‘

आर्थिक वर्ष २०७२/७३ मा रु सात करोडको मुला उत्पादन भएको कार्यालयले जनाएको छ

अन्य बालीको तुलनामा यसको खेती गर्नपनि सजिलो,  रोपेको ४०-६० दिनमै तयार हुने र  कम लगानीमै मनग्य आम्दानी लिन सक्ने भएकाले पनि मुला खेतीतर्फ किसानहरु आकर्षित बनेका हुन् ।

जिल्लाको ककनी, ओखरपौवा, मदानपुर, बेलकोट, चाउथे कुमरी, किम्ताङलगायत ठाउँलाई जिल्ला कृषि कार्यालयले पकेट क्षेत्रका रुपमा समेत घोषणा गरेको छ ।रासस