एमाले सांसदको नाराबाजीकै बीच गण्डकीमा बजेट पारित

आषाढ ३०,२०७८

-आस्था न्यूज

असार ३०,२०७८ काठमाडौं ।
गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ ।
 
बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए।
 
अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरे । र होहल्लाकै बीच बजेट पारित गरिएको छ ।