प्रहरीलाई पर्यटन विदा माग गर्दै परेको रिट भएन दर्ता

आषाढ ३१,२०७८

-आस्था न्यूज

असार ३१,२०७८ काठमाडौं ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीलाई पनि पर्यटन विदा माग गर्दै सर्वोच्चमा दायर रिट रदरपीठ भएको छ ।
 
अघिल्लो सरकारले बजेटमार्फत निजामती कर्मचारी, संस्थान र प्रतिष्ठानका कर्मचारीलाई उपलब्ध गराएको १० दिनको तलवसहितको पर्यटन विदा नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले पनि पाउनुपर्ने माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट दिएका थिए ।
 
सर्वोच्चका  मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त रिट मर्का पर्ने पक्षबाटै नआएको भनी दरपीठको आदेश दिएका हुन् । उनले अन्य सेवाका कर्मचारीले पाए सरह प्रहरीले विदा नपाएको र सञ्चित विदा लिन नपाएको कुरामा मर्का पर्ने प्रहरी कर्मचारीले निवेदन लिई आउनुपर्नेमा सरोकार नै नभएका निवेदकले सार्वजनिक हक र सरोकारको विवाद भनी अदालत आएकोले दर्ता गर्न नमिल्ने आदेश गरेका छन् ।