नेप्सेमा दोहोरो अंकको बृद्धि

आषाढ ३१,२०७८

-आस्था न्यूज

असार ३१,२०७८ काठमाडौं ।
साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ । गत बुधबार झिनो १.०१ अंकले बृद्धि भएको नेप्से बिहीबार ११.३३ अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलब ३८ बिन्दुमा पुगेको छ । 
 
यसदिन ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत १.९३ अंकले बढेर ५४१ दशमलव ३१ विन्दुमा उक्लिएको छ ।  नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका ५ करोड ८५ लाख कित्ता माथिको सेयर ७३ हजार २७२ पटक बजारमा किनबेच हुँदा अधिकतम ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 
 
गत बुधबार बजारमा ५ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको थियो ।