ओलीले बोलाए शुक्रबार एमाले संसदीय दलको बैठक

आषाढ ३१,२०७८

-आस्था न्यूज

असार ३१,२०७८ काठमाडौं ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
 
उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा बोलाइएको हो ।
 
गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि सत्ताच्युत भएका ओलीले पार्टीभित्रकै नेताका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।