यातायातको भाडा फिर्ता लिन विद्यार्थी संगठनको माग

आषाढ ३१,२०७८

-आस्था न्यूज

असार ३१,२०७८ काठमाडौं ।
पाँच विद्यार्थी संगठनले ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
 
बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्‍दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
 
तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत पाँच विद्यार्थी संगठनले चेतावनी दिएको छ ।
 
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । 
 
पाँच विद्यार्थी संगठनले साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेशपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।