कला लम्सालको तीज बिशेष गीत “पातली-३ झिल्के भेना” सार्वजनिक

श्रावण ०२,२०७८

-आस्था न्यूज

साउन २,२०७८ काठमाडौं । 
 
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा चर्चित गायिका कला लम्सालको तीज बिशेष गीत “पातली – ३ झिल्के भेना” सार्वजनिक भएको छ ।
 
यस गीतमा कला लम्सालको स्वर रहेको छ भने चर्चित गीतकार एबं संगीतकार शिब हमालको शब्द, संगीत रहेको छ । मौसम हिमालीको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
 
उक्त गीतको भिडियोमा अञ्जली अधिकारी, करिश्मा ढकाल र लोमश शर्माको अभिनय रहेको छ । 
 
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला -