प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकार सञ्चालनका विषयमा छलफल

श्रावण ०५,२०७८

-आस्था न्यूज

साउन ५,२०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुस्पकमल दाहाल ९प्रचण्ड०बीच भेटवार्ता भएको छ ।
 
मंगलबार बिहान नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
 
भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ । माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।