कक्षा १२ को परीक्षा साउन ३१ देखि शुरु हुने

श्रावण ०५,२०७८

-आस्था न्यूज

साउन ५,२०७८ काठमाडौं ।
कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।
 
मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।