ओलीको स्पष्टीकरणले एकतामा भाँजो हालेको माधव समूहको निष्कर्ष

श्रावण ०६,२०७८

-आस्था न्यूज

साउन ६,२०७८ काठमाडौं ।
एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एमाले पार्टी एकतामा जोड दिएको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा भएको छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए । 
 
‘एकता प्रक्रिया अगाडी बढाउनुपर्छ र एकतामा जोड दिनुपर्छ भन्ने सवैको भनाई रह्यो’, बैठकपछि पन्तले बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न प्रस्ताव पास गरेको छ ।
 
‘स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन’, माधव पक्षले भनेको छ । 
 
अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको नेता पन्तले जानकारी दिए । 
 
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो ।
 
माधव पक्षको बैठक बसिरहेका बेला नेताहरुलाई स्पस्टीकरणकोे पत्र पुगेको थियो ।